फेरि कोरोना महामारी फैलनसक्ने : अमेरिका ठूलो चपेटामा, नेपाल दक्षिण एसियामा चौथो

फेरि कोरोना महामारी फैलनसक्ने : अमेरिका ठूलो चपेटामा, नेपाल दक्षिण एसियामा चौथो

विश्वभर कोरोना संक्रमितहरुको संख्या पछिल्ला दिन पुनः बढ्न थालेको छ । संक्रमितको संख्या दिनानुदिन बढेसँगै मृतकहरुको संख्या पनि उकालो लागेको छ । पछिल्लो २४ घण्टामा विश्वभर दुई लाख ५० हजार २०७ नयाँ संक्रमित थपिएका छन् । 

त्यस्तै, एक हजार २४० जनाको मृत्यु भएको छ । कोरोनाबाट प्रभावित विश्वका एक सय ८८ मुलुकमध्ये हालसम्म ६ अर्ब ७२ करोड १५ लाख ७ हजार ३१० मा संक्रमण पुष्टि भएको छ । योसँगै मृत्यु हुनेको संख्या ६७ लाख ३५ हजार ५१६ पुगेको छ । 

संसारमा सबैभन्दा बढी कोरोना संक्रमणको प्रभाव अमेरिकामा परेको छ । त्यहाँ एक अर्ब ३६ लाख ८६ हजार ३४४ ले कोरोना संक्रमणको अनुभव गरेका छन् । अमेरिकामा पछिल्लो २४ घण्टामा २१ हजार २९ नयाँ संक्रमित र २८० को मृत्यु भएको छ । अहिलेसम्म ११ लाख २६ हजार ८१२ जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् । अमेरिकापछि भारत र फ्रान्स सबैभन्दा धेरै कोरोनाको चपेटामा परेका मुलुक बनेका छन् । 

दोस्रो नम्बरमा रहेको भारतमा हालसम्म ४ करोड ४६ लाख ८१ हजार ८८४ जनामा कोरोना देखिएको छ । त्यस्तै, पाँच लाख ३० हजार ७२८ को मृत्यु भएको छ । तीन करोड ९४ लाख ६७ हजार २८१ जनामा संक्रमण देखिएको फ्रान्समा एक लाख ६३ हजार ६४४ को प्राणन्त भइसकेको छ । पछिल्लो २४ घण्टामा पाँच हजार ८९४ नयाँ संक्रमित भेटिएको उक्त मुलुकमा ८२ जनाको निधन भएको बताइएको छ ।

तीन करोड ७६ लाख ३७ हजार ८०७ जना संक्रमित भइसकेको जर्मनीमा एक लाख ६४ हजार १५३ ले कोरोनाका कारण ज्यान गुमाएका छन् । पाँचौ स्थानमा रहेको ब्राजिलमा पछिल्लो २४ घण्टामा १४ हजार २८५ कोरोना संक्रमित भेटिएका छन् । तीन करोड ६६ लाख ९७ हजार ८४ मा संक्रमित देखिएको मुलुकमा ६ लाख ९५ हजार ६६८ ले ज्यान गुमाएका छन् । गएको २४ घण्टामा ब्राजिलमा ७७ जनाको मृत्यु भएको छ । 

जापानमा ६३ हजार ७६९ जनाको कोरोनाबाटै ज्यान गएको छ । तीन करोड १७ लाख २२ हजार ९१८ मा संक्रमण देखिएको मुलुकमा गएको २४ घण्टामा एक लाख २५ हजार १०८ नयाँ संक्रमित भेटिएका छन् । त्यस्तै, ४४९ को ज्यान गएको छ । उता दक्षिण कोरियामा दुई करोड ९८ लाख ९८ हजार १४२ जना हालसम्म संक्रमित भइसकेका छन् । तीमध्ये ३३ हजार ५७ जनाको निधन भइसकेको छ । 

३६ हजार ९०८ नयाँ संक्रमित भेटिएको दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा ४३ को मृत्यु भएको छ । दुई करोड ५३ लाख ६३ हजार ७४२ मा संक्रमित देखिएको इटालीमा हालसम्म १ लाख ८५ हजार ९९३ को प्राण कोरोनाले लगेको हो । त्यस्तै, दुई लाख दुई हजार १५७ जनाको निधन भएको बेलायतमा दुई करोड ४२ लाख ४३ हजार ३९३ जनाको नाम कोरोना संक्रमितमा दर्ता भइसकेको छ । 

रुसमा पछिल्लो २४ घण्टामा पाँच हजार ४७८ नयाँ संक्रमित थपिएका छन् भने ४६ जनाको मृत्यु भएको छ । त्यहाँ दुई करोड १८ लाख ७० हजार ४२२ जना संक्रमित पुष्टि भएको छ । तीमध्ये तीन लाख ९४ हजार ५२९ ले ज्यान गुमाएका छन् । 

यस्तो छ सार्क राष्ट्रहरुको अवस्था  

सार्क राष्ट्रहरुमध्ये भारत सबैभन्दा धेरै कोरोनाको चपेटामा परेको छ । त्यसपछि क्रमशः बंगलादेश, पाकिस्तान, नेपाल, श्रीलंका, अफगानिस्तान, माल्दिभ्स, भुटान रहेका छन् । पछिल्लो २४ घण्टामा १३ जना संक्रमित भेटिएसँगै बंगलादेशमा हालसम्म संक्रमितको संख्या २० लाख ३७ हजार ३९९ पुगेको छ । त्यहाँ २९ हजार ४४१ को मृत्यु भएको छ । 

पाकिस्तानमा १५ लाख १६ हजार ११० जनामा कोरोना देखिएको छ । कोरोना महामारी शुरु भएयता त्यहाँ ३० हजार ६४० ले ज्यान गुमाइसकेका छन् । चौैथो नम्बरमा रहेको नेपालमा बितेको २४ घण्टामा नौ जना संक्रमित थपिएका छन् । १० लाख एक हजार ६८ मा संक्रमण पुष्टि भएको नेपालमा १२ हजार २० जनाले ज्यान गुमाइसकेका छन् । 

श्रीलंकामा ६ लाख ७१ हजार ९७० मा कोरोना संक्रमण देखिएको तथ्याङ्कमा उल्लेख छ । गएको २४ घण्टामा दुई जना संक्रमित थपिएका छन् । अहिलेसम्म त्यहाँ १६ हजार ८२४ ले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । 

अफगानिस्तानमा पछिल्लो पटक तीन जना नयाँ संक्रमित पुष्टि भएको बताइएको छ । २ लाख आठ हजार ३४ जनामा संक्रमण देखिएको मुलुकमा सात हजार ८६०  को मृत्यु भइसकेको छ । माल्दिभ्स र भुटानमा क्रमशः ३११ र २१ जनाको मृत्यु भएको छ । माल्दिभ्समा हालसम्म एक लाख ८५ हजार ७०८ र भुटानमा ६२ हजार ५७७ जनामा कोरोना संक्रमण देखिएको छ ।

टिप्पणीहरू