टुंडिखेलमा ल्होसारको रौनक, यस्तो देखियो तस्वीरमा

टुंडिखेलमा ल्होसारको रौनक, यस्तो देखियो तस्वीरमा

आज तामाङ समुदायको विशेष पर्व सोनाम ल्होसार विभिन्न कार्यक्रम गरि मनाइंदै छ । सोहीक्रममा हरेक वर्षजस्तै टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ ।

तामाङ समुदायको कला, संस्कृति झल्कने भेषभूषामा सजिएकाहरु कार्यक्रममा सहभागी भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि तामाङहरुले लगाउने टोपी र बख्खुमा सजिएर कार्यक्रममा पुग्नुभएको छ ।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले ल्होसारको सांस्कृतिक महत्वबारे लामो ब्याख्या गर्दै सभ्यता र संस्कृतिमा नेपाल विश्वमै वैभवशाली रहेको बताउनुभयो । बालबालिकादेखि वृद्धवृद्धासमेत कार्यक्रममा सहभागी भएका थिए । तामाङसहित अन्य समुदाय व्यक्तिहरुले पनि तामाङको पोशाक लगाएर कार्यक्रममा सहभागी भएका देखिन्थे ।

टिप्पणीहरू