संसद भवन अगाडि आत्मदाहको प्रयास

संसद भवन अगाडि आत्मदाहको प्रयास

नयाँ बानेश्वरस्थित संसद भवनको मूल गेट बाहिर एक जनाले आत्मदाहको प्रयास गरेका छन् । नजिकैको दृष्टि आँखा अस्पताल नजिकै सडक किनारमा अन्दाजी ३५ वर्षे पुरुषले शरीरमा आगो झोसेका हुन् ।

उनले ३ बजेको समयमा आफ्नो शरीरमा तरल पदार्थ छ्यापेपछि आगो लगाएको प्रत्यक्षदर्शीहरुले बताए । आगोले शरीरको धेरै भाग जलेकाले उनलाई नजिकैको बा. २ ज २९६५ नम्बरको ट्याक्सीमा राखेर राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ ।

टिप्पणीहरू