बाजुरामा ५.९ रेक्टर स्केलको भूकम्प (अपडेट)

बाजुरामा ५.९ रेक्टर स्केलको भूकम्प (अपडेट)

सुदूरपश्चिमको बाजुरा केन्द्रविन्दु बनाएर आज दिउँसो गएको ५.९ रेक्टर स्केलको भूकम्पमा हालसम्म एक जनाको ज्यान गएको विवरण प्राप्त भएको छ 

वनमा घाँस काटेकी महिलाको डाँडामाथिबाट खसेको ढुंगा लागेर मृत्यु भएको हो । गौमुल गाउँपालिका– २ की जमुना रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

बाजुराका अधिकांश घर चर्किएको छन् । दिउँसो चरनमा गएका भेँडा बाख्रा पनि मरेको बताइको छ ।

आज दिउँसो २ बजेर ४३ मीनेटमा उक्त भूकम्प गएको हो ।

टिप्पणीहरू