राप्रपामा सरकार हेर्ने जिम्मा रवीन्द्र मिश्रलाई

राप्रपामा सरकार हेर्ने जिम्मा रवीन्द्र मिश्रलाई

सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टी र सरकारबीच समन्वय गर्न संयन्त्र गठन गर्ने भएको छ । सरकारमा पार्टीको भूमिका प्रभावकारी बनाउन वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको संयोजकत्वमा कार्यविधि समिति गठन गर्ने राप्रपाले निर्णय गरेको हो ।

संविधान विपरित गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताविरुद्ध राप्रपाका मन्त्रीहरुले सार्वजनिक टिप्पणी गरेकोमा संसद बैठकमै आलोचना भएपछि आज केन्द्रीय कार्यसम्पादन समिति बैठक बसेको राप्रपाले यस्तो निर्णय गरेको हो । 

बैठकले पूर्वअध्यक्ष डा.प्रकाशचन्द्र लोहनीको संयोजकत्वमा बढीमा १७ सदस्यीय केन्द्रीय निर्देशन समिति गठन गर्ने निर्णय पनि गरेको छ  ।

त्यस्तै, आगामी २०८० बैशाख १ गतेदेखि सक्रिय सदस्य वितरण अभियान सञ्चालन गर्ने राप्रपाको निर्णय छ ।

टिप्पणीहरू