मन्त्रीहरुले नमाने पनि रविद्वारा सरकार छोड्न जबर्जस्ती

मन्त्रीहरुले नमाने पनि रविद्वारा सरकार छोड्न जबर्जस्ती

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिने भएको छ । अहिले जारी पार्टीको केन्द्रीय समिति बैठकबाट सरकार छोड्ने निर्णय गर्ने सम्भावना रहेको बताइएको छ । 

अहिले बैठक चलिरहेको छ भने निर्णयबारे पत्रकार सम्मेलन गरेर जानकारी गराइने तयारी छ । 

नागरिकता मुद्धामा सर्वोच्च अदालतको फैसलाले उपप्रधानसहित गृहमन्त्री गुमाएका सभापति रवि लामिछाने पुन: सोही पदमा पुनर्स्थापित हुन चाहन्थे । त्यसका लागि उनले प्रधानमन्त्रीसहित गठबन्धनका शीर्ष नेताहरुलाई पटक-पटक भेटेर दबाब दिए । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उनलाई गृहमन्त्री दिन तयार नभएपछि रास्वपामा सरकार छोड्ने तयारीमा पुगेको हो । 

बैठकमा सरकार छोड्ने रविको प्रस्तावमा मन्त्रीसहित केही नेताहरु भने असहमत रहेको बुझिएको छ । 

 

टिप्पणीहरू