मलेशियाका गृहमन्त्रीले भेटे प्रधानमन्त्री प्रचण्डलाई

मलेशियाका गृहमन्त्रीले भेटे प्रधानमन्त्री प्रचण्डलाई

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र मलेशियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइलबीच भेटवार्ता भएको छ । 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उहाँहरुबीच शिष्टाचार भेटवार्ता भएको हो । 

नेपाल भ्रमणमा आउनुभएका गृहमन्त्री इस्माइल ३ बजेर ५० मीनेटमा प्रधानमन्त्री कार्यालय छिर्नुभएको थियो । 

उहाँहरुबीच झण्डै ३५ मीनेट कुराकानी भएको बताइएको छ । 

यता, गृहमन्त्री इस्माइलले आज बिहान श्रममन्त्री डोलप्रसाद अर्याल, गृहसचिव विनोदप्रसाद सिंहलगायतका अन्य सचिवहरुलाई भेटेर मलेशिया र नेपालबीच द्विपक्षीय सम्झौताबारे छलफल गर्नुभएको थियो ।

टिप्पणीहरू