रेशम चौधरीको मुध्दामा प्रत्यर्थी झिकाउन आदेश

रेशम चौधरीको मुध्दामा प्रत्यर्थी झिकाउन आदेश

सर्वोच्च अदालतले टीकापुर घटनासम्बन्धी मुध्दामा प्रत्यर्थी झिकाउन आदेश दिएको छ । अदालतको संयुक्त इजलासले आज यस्तो आदेश दिएको हो । 

न्यायाधीशद्वय टंकबहादुर मोक्तान र मनोजकुमार शर्माको इजलासले दिएको उक्त आदेशपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीसहितद्वारा विपक्षी बनाइएकाहरूलाई अब सर्वोच्च अदालतमा उपस्थित गराउनुपर्ने भएको छ ।

उक्त मुध्दामा कैलाली जिल्ला अदालतले ११ र उच्च अदालतले आठ जनालाई जन्मकैदको फैसला सुनाएको थियो । त्यसपछि रेशम चौधरीका कानुन व्यवसायीले सर्वोच्चमा पुनरावेदन गरेका हुन् ।

यसअघि २०७५ फागुन १२ मा कैलाली जिल्ला अदालतले रेशम चौधरीसहित ११ जनालाई दोषी ठहर गरेर जन्मकैदको फैसला सुनाएको थियो । त्यसको दुई वर्षपछि उच्च अदालत दिपायलले चौधरीसहित आठ जनालाई जन्मकैदको तोकेको हो ।

२०७२ भदौ ७ गते टीकापुरमा भएको हिंसात्मक घटनामा नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ जना मारिएमध्ये एक काखे बालक पनि थिए ।

टिप्पणीहरू