एमालेले निर्वाचन समीक्षा गर्ने, माधव समूहको पछिल्लो अवस्था ल्याउन निर्देशन

एमालेले निर्वाचन समीक्षा गर्ने, माधव समूहको पछिल्लो अवस्था ल्याउन निर्देशन

एमालेले गत आमनिर्वाचनको समीक्षा गर्ने भएको छ । समीक्षाको निम्ति पार्टी केन्द्रीय कमिटीको बैठक बोलाइएको छ । बैठक माघ २९ र फागुन १ गते काठमाडौंमा बस्ने छ ।

बैठकमा मुख्यगरी निर्वाचन समीक्षा, समसामयिक राजनीतिक स्थिति र सांगठिनक सुदृढीकरणबारे छलफल हुने एक जना केन्द्रीय सदस्यले बताए । त्यसअघि पार्टी सचिवालय बैठक आगामी बिहीबार बोलाइएको छ ।

केन्द्रीय कमिटी बैठकमा सहभागी हुने क्रममा सबै केन्द्रीय सदस्यलाई सम्बन्धित जिल्लाको पछिल्लो राजनीतिक अवस्थाको रिपोर्टिङ गर्नुपर्ने भनिएको छ । बैठकमा स्थानीय तहका जनप्रतिनिधिको अवस्था र भूमिकासँगै गत आमनिर्वाचनमा पार्टी पराजयको कारणबारे स्पष्टसँग आफ्ना भनाइ राख्नुपर्ने छ ।

‘माधव नेपाल समूहले पुर्याएको क्षति र उक्त समूहको तर्फबाट स्थानीय तहमा निर्वाचित तर एमालेमा फर्काउन सकिने वरिष्ठ र प्रभावशाली नेताहरुको नामसमेत यकिन गर्न भनिएको छ,’ एमाले निर्देशनमा उल्लेख छ ।
बैठकमा सदस्यहरुले वर्तमान गठबन्धनबारे आफ्नो धारणा राख्नुपर्ने जनाइएको छ ।
 

टिप्पणीहरू