एक दर्जन मुलुकका कम्युनिष्टहरुको बालुवाटारमा भेट

एक दर्जन मुलुकका कम्युनिष्टहरुको बालुवाटारमा भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग विभिन्न मुलुकका कम्युनिष्ट पार्टीका प्रतिनिधिहरुले भेट गरेका छन् । उनीहरुले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हिजो भेटवार्ता गरेका हुन् ।

हिजो बालुवाटार पुगेकामा क्युबा, भेनेजुएला, ब्राजिल, चीन, घाना, दक्षिण अफ्रिका, मोरक्को, बंगलादेश, इटाली, स्पेनलगायत मुलुकका कम्युनिष्ट तथा वामपन्थी पार्टीका प्रतिनिधिहरू रहेको बताइएको छ । 

सो अवसरमा प्रधानमन्त्री दाहालले नेपालमा पनि सच्चा कम्युनिष्टहरूबीच पुनः ध्रुवीकरण भएको र एकताको प्रक्रिया अगाडि बढेको धारणा राख्नुभएको हो ।

टिप्पणीहरू