दोलखामा ट्याक्टर दुर्घटना : एकको निधन, दुई घाइते

दोलखामा ट्याक्टर दुर्घटना : एकको निधन, दुई घाइते

दोलखामा भएको ट्याक्टर दुर्घटनामा एक जनाको ज्यान गएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।

विगु गाउँपालिका ४ लादुकमा भएको ट्याक्टर दुर्घटनामा २४ वर्षिय किसन बिसुन्केको मृत्यु भएको हो । आज मध्यान्ह सिंगटी–लादुक सडकखण्डअन्तर्गत चित्रेस्थित रमिते गोलाईमा सडक दुर्घटना भएको हो ।

घाइते भएकामा २३ वर्षका जीवन नेपाली र २२ वर्षे रामु नेपाली हुन् । घाइते सबैलाई उद्दारपछि सिंगटी अस्पताल पुर्याइएको थियो । तर चिकित्सकले बिसुन्केलाई मृत घोषणा गरेको दोलखा प्रहरीले जनाएको छ । घाइते दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

टिप्पणीहरू