हराएका ठेकेदार खोज्न कता जाने होला ?

कैलालीको गौरीगंगा नगरपालिका–५ अण्डैया कटैनी खोला र चौमाला बजार जोड्ने नदीमा पुल निर्माण प्रक्रिया रोकिएपछि स्थानीयले सामाजिक सञ्जालमा ठेकेदार हराएको भन्दै खोजी गरिदिन सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालयले २०७७ साल असार ३१ गते २ वर्षभित्र सडक पुल निर्माण गर्न काठमाडौँ पुल्चोकस्थित वाइपी कन्स्ट्रक्सनसँग सम्झौता गरेको थियो । चौमाला पुलको ७ करोड २७ लाख र अण्डैया पुुलको ५ करोड २८ लाख लागतमा निर्माण गर्ने सम्झौता थियो ।

तर, ठेक्का पाएका निर्माण व्यवसायी देवजंग शाहीले पुरानै पारा देखाएका छन् । बाजुरा जिल्ला स्थायी ठेगाना र धनगढी सन्तोषी टोल आफ्नो घर रहेको बताउने शाही कामबापतको पहिलो किस्ता लिएर फरार भएका हुन् । पूर्वाधार विकास कार्यालय प्रमुख रामचन्द्र खत्रीले भने पटक–पटक म्याद थपाउन आउने ठेकेदार शाही यसपटक सम्पर्कमा आएका छैनन् । 

 

टिप्पणीहरू