भीर र रुखबाट लडेका दुई जनाको ज्यान गयो

भीर र रुखबाट लडेका दुई जनाको ज्यान गयो

पाँचथरमा भीर र रुखबाट लडेका दुई जनाको निधन भएको छ । उनीहरुको हिजो साँझ पाँचथरको फिदिममा ज्यान गएको बताइएको छ । मृत्यु भएकामा फिदिम १३ लुङरुपाका ३८ वर्षीय मनोज नेम्वाङ (सोम) र कुम्मायक ३ का ३९ वर्षीय गजेन्द्र सम्बाहाम्फे हुन् ।

उनीहरुमध्ये नेम्वाङको भीर र सम्बाहाम्फेको रुखबाट लडेर ज्यान गएको हो ।नेम्वाङ फिदिम ७ को नाङलापा भन्ने भीरबाट लडेका थिए । यस्तै सम्बाहाम्फे घाँस काट्ने क्रममा फिदिम ५ को एउटा रुखबाट लडेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

रुखबाट खसेपछि गम्भीर घाइते भएका सम्बाहाम्फेको अस्पताल लैजाने क्रममा निधन भएको हो । कुम्मायक गाउँपालिका ३ रानीगाँउ घर भएका सम्बाहाम्फे फिदिम ५ का रामकुमार तुम्बापोको घरमा काम गर्दै आएका थिए । उनीहरुको शव पोष्टमार्टम गरेर आजै आफन्तलाई बुझाउने तयारी गरिएको छ ।

टिप्पणीहरू