बीपी राजमार्गमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते

बीपी राजमार्गमा मोटरसाइकल दुर्घटना, दुई जना घाइते

काभ्रेको  रोशी गाउँपालिकामा भएको मोटरसाइकल दुर्घटनामा दुई जना घाइते भएका छन् । स्थानीय नार्के बजारस्थित बीपी राजमार्गमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुबै चालक गम्भीर घाइते भएको बताइएको छ ।

धुलिखेलबाट नेपालथोकतर्फ जाँदै गरेको र धुलिखेलतर्फ आउँदै गरेको मोटरसाइकल ठोक्किएको हो । दुर्घटनामा दुबै मोटरसाइकलका चालक गम्भीर घाइते भएका हुन् । 

घाइतेलाई धुलिखेल अस्पताल ल्याइएको छ । घटनाको थप विवरण आउँन बाँकी रहेको प्रहरीले बताएको छ ।

टिप्पणीहरू