चोरी मुद्दाका फरार मकरा कारागार चलान

चोरी मुद्दाका फरार मकरा कारागार चलान

झापा प्रहरीले चोरी मुद्दाका फरार एक प्रतिवादीलाई दुई वर्षपछि पक्राउ गरेको छ । गौरीगञ्ज गाउँपालिका-३ का ३० वर्षीय सदरकुमार मकरा हिजो समातिएका हुन् । 

झापा जिल्ला अदालतले २०७७ साल माघ २२ गते उनलाई चोरी मुद्दामा दोषी ठहर गर्दै सजाय सुनाएको थियो । तर, उनी अदालतको फैसलालगत्तै फरार भएका थिए । 

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले उनलाई समातेर अदालतको फैसला कार्यान्वयनका लागि झापा कारागार पठाएको छ ।

टिप्पणीहरू