चन्द्रागिरीमा आधा दर्जन जुवाडे खाजाघरबाट पक्राउ

चन्द्रागिरीमा आधा दर्जन जुवाडे खाजाघरबाट पक्राउ

राजधानीमा जुवा खेलिरहेको अवस्थामा ६ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । 

पाँचथरको फिदिम नगरपालिका–५ घर भई हाल चन्द्रागिरी नगरपालिका–११ सतुङगल बस्ने ४२ वर्षीय प्रकाशकुमार राईसहित ६ जना जुवाको खालबाट समातिएका हुन् । प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरी टोलीले हिजो उनीहरुलाई राईको खाजाघरमा जुवातास खेलिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

 
प्रहरीले उनीहरुको साथबाट ३७ हजार ६ सय ८५ रुपैयाँ नगद र दुई तासबुक बरामद गरेको छ । पक्राउ परेका उनीहरुमाथि थप आवश्यक अनुसन्धान भइरहेको बताइएको छ ।
 

टिप्पणीहरू