जंगी अड्डामा छ जना अधिकृतकाे कुममा बढुवाकाे फूली

जंगी अड्डामा छ जना अधिकृतकाे कुममा बढुवाकाे फूली

प्रधान सेनापति प्रभुराम शर्माले आज छ जना अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ । मन्त्रिपरिषद्को सोमबारको निर्णयानुसार उपरथीमा बढुवा भएका सहायक रथी कृष्णदेव भट्टलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो ।

पदोन्नतीसँगै भट्टलाई प्रबन्धरथी विभागको जिम्मेवारी दिइएको छ । सोही अवसरमा सहायक रथीमा पदोन्नती भएका एक जना महासेनानी र महासेनानीमा पदोन्नती भएका चार जना प्रमुख सेनानीहरुलाई पनि दर्ज्यानी चिन्ह प्रदान गरिएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

 

टिप्पणीहरू