पत्रकारविरुद्ध अफवाह फैलाउने वृद्ध प्रहरी नियन्त्रणमा

पत्रकारविरुद्ध अफवाह फैलाउने वृद्ध प्रहरी नियन्त्रणमा

राजधानीको व्यस्त स्थानमध्येको एक रत्नपार्कमा अफवाह फैलाएको आरोपमा एक जना वृद्धलाई प्रहरीले पक्रेको छ । ८० वर्षभन्दा माथिका उनी मिडिया र सञ्चारकर्मीविरुद्ध लेखिएका पर्चा पप्लेट बाँड्दै हिँडेको अवस्थामा पक्राउ परेको बताइएको छ ।

अर्घाखाँची घर भएका रमेश गौतमलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनी राजधानीको थानकोट नजिकै मातातीर्थमा बस्दै आएका छन् ।  गौतमलाई आज दिउँसो ३ बजेको समयमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

टिप्पणीहरू