भोलि बिहान सत्तारुढ सबै दलका नेता बालुवाटार जाने

भोलि बिहान सत्तारुढ सबै दलका नेता बालुवाटार जाने

सत्तारुढ उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक भोलि डाकिएको छ । बैठक भोलि बिहान ९ बजे राखिएको छ । 

आज अपरान्ह ३ बजे बोलाइएको संयन्त्रको बैठक भोलि बिहानसम्मको लागि स्थगित गरिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच हिजो भएको भेटवार्तामा आज बैठक बोलाउने सहमति भएको थियो ।

तर आज दिउँसोको भेटपछि तयारी नपुगेको भन्दै बैठक भोलि बिहानसम्मको लागि रोकिएको हो । बैठकमा सत्तारुढ गठबन्धनका सबै दलका शीर्ष नेताहरुको उपस्थिति हुने बताइएको छ ।

टिप्पणीहरू