सरकारी वकिलको कार्यालयले थाल्यो रविको राहदानीमाथि अनुसन्धान

सरकारी वकिलको कार्यालयले थाल्यो रविको राहदानीमाथि अनुसन्धान

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको दोहोरो राहदानीमाथि अनुसन्धान थालेको छ । उनको अमेरिकी र नेपाली राहदानीबारे परेको उजुरीमाथि अनुसन्धान गर्ने क्रममा लामिछानेको राहदानी र नागरिकतासम्बन्धी सबै कागजात मगाइएको बताइएको छ ।

रविको राहदानीबारे अस्ति जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा युवराज पौडेलले उजुरी गरेका थिए । उजुरीमा लामिछानेले अमेरिकी नागरिकको हैसियतमा नेपाल आएर राहदानी लिएको विषयलाई फौजदारी अपराध भएको बताइएको छ । सोही विषयमा अनुसन्धान गर्न पौडेलले जिल्ला सरकारी वकिलको कार्यालयमा निवेदन दर्ता गराएका हुन् । 

यसअघि प्रहरीले उनको निवेदन दर्ता गर्न मानेको थिएन । कार्यालयले अध्यागमन विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं र राहदानी विभागसँग राहदानी र नागरिकतासम्बन्धी कागजात माग गरेको हो ।

टिप्पणीहरू