प्रधानमन्त्री र बंगाली राजदूतबीच भेटवार्ता

प्रधानमन्त्री र बंगाली राजदूतबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि बंगलादेशका राजदूत एच. ई. सलाहुद्दीन नोमान चौधरीले शिष्टाचार भेट गरेका छन् । उनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर आज प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन् । 

भेटमा नेपाल–बंगलादेश जलविद्युत्, व्यापार र कनेक्टिभिटीमा सहकार्यका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

टिप्पणीहरू