चिनियाँ भाषा अनुवाद प्रणालीमा विश्वका पाँच सय भाषा

चीनले विकास गरेको भाषा अनुवाद प्रणालीका कारण विश्वका धेरै मानिसलाई जानकारी आदानप्रदानमा उल्लेख्य सहयोग मिलेको छ । मोबाइलको विकाससँगै चीनले विकसित गरेको नियु टन्स प्रविधिले हालसम्म तीन सय ८८ भाषा अनुवाद गर्नसक्छ । 

सन् २०२३ को अन्तसम्ममा उक्त संख्या चार सयदेखि पाँच सयसम्म पुग्ने अनुमान गरिएको छ । चिनियाँ समाचार समितिका अनुसार उक्त प्रविधि चीनको उत्तरपूूर्वी विश्वविद्यालयले विकसित गरेको हो ।

चीनले उक्त प्रविधिमा हालसम्म बेल्ट एण्ड रोड (बीआरआई) इनिसिएटिभसँग जोडिएका सबैजसो मुलुकका आधिकारिक राष्ट्रिय भाषाहरुलाई समेटि सकेको छ । त्यसबाहेक अन्य क्षेत्रीय राष्ट्र भाषा पनि उक्त अनुवाद प्रणालीमा राखिने छ ।

त्यसैगरी संयुक्त राष्ट्र संघका सबै सदस्य राष्ट्र र चीनका सात अल्पसंख्यक समुदायको भाषा पनि उक्त प्रविधिले अनुवाद गर्ने ग्लोबल लिंकले तयार गरेको भिडियोमा जनाइएको छ ।

टिप्पणीहरू