भेरीमा डुबेका एक जनाको शव फेला, गोताखोरसहित सशस्त्र परिचालित

भेरीमा डुबेका एक जनाको शव फेला, गोताखोरसहित सशस्त्र परिचालित

भेरी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएकामध्ये दुईमध्ये एक जनाको शव भेटिएको छ । घटनालगत्तै उद्धारमा खटिएको सशस्त्र प्रहरीको टोलीले तीन दिनपछि यौटा शव फेला पारेको हो । 

माघ २६ गते सुर्खेतको भेरीगंगा नगरपालिका-८ लोदेस्थित नदीमा पौडी खेल्दै गरेका डोल्पाको ठूलीभेरी नगरपालिका-५ का २२ वर्षीय मकर रोकाया र २१ वर्षीय बिबि रोकाया डुबेर बेपत्ता भएका थिए । उनीहरु बेपत्ता भएको खबर पाउनेबित्तिकै सशस्त्र प्रहरी बल, महेश्वरी बाहिनी मुख्यालयबाट गोताखोरसहित खटिएको प्रहरी टोलिले खोजी कार्य अघि बढाएको थियो । 

माघ २७ गते बिबिको शव फेला परेको सशस्त्रले अर्का बेपत्ताको खोजि तीव्र पारेको बताएको छ ।

टिप्पणीहरू