जनयुध्द दिवसको बिदा दिएकोमा शान्ति समाजको आपत्ति, राष्ट्रपतिको बाटो पन्छाएकोमा निन्दा

जनयुध्द दिवसको बिदा दिएकोमा शान्ति समाजको आपत्ति, राष्ट्रपतिको बाटो पन्छाएकोमा निन्दा

मानव अधिकार तथा शान्ति समाजले ‘जनयुद्ध दिवस’ को अवसरमा भोलि दिन लागिएको सार्वजनिक बिदाप्रति आपत्ति जनाएको छ । बाग्मती र कर्णाली प्रदेश सरकारले जनयुद्ध दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेपछि समाजले गम्भीर आपत्ति प्रकट गरेको छ । 

बिदा दिने निर्णय विवादास्पद भएको उल्लेख गर्दै समाजले भनेको छ , ‘यो सरासर लोकतन्त्र र अहिंसाको सार्वभौम मान्यताको प्रतिकूल भयो ।’ बाग्मती प्रदेश सरकार, मन्त्रिपरिषद्को मिति २०७९ माघ २४ गतेको बैठकले र त्यसभन्दा अघि कर्णाली प्रदेश सरकारले पनि ‘जनयुद्ध दिवस’ को अवसरमा भोलि प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोही निर्णयप्रति मानव अधिकार तथा शान्ति समाज तीव्र असहमति र गम्भीर आपत्ति व्यक्त गरेको हो । 

समाजले आज जारी विज्ञप्तिमा अस्ति शुक्रबार राष्ट्रपतिको सवारीको क्रममा वीर अस्पतालका चिकित्सकमाथि भएको हातपातप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

टिप्पणीहरू