भारतीय विदेश सचिव सेनाको विमानमा भोलि काठमाडौं अवतरण

भारतीय विदेश सचिव सेनाको विमानमा भोलि काठमाडौं अवतरण

भारतीय विदेश सचिव विनयमोहन क्वात्रा नेपालको तीन दिने भ्रमणमा भोलि बिहान काठमाडौं आइपुग्दै छन् । प्रतिनिधिमण्डलमा रहने अन्य सदस्यको बारेमा भने दुबै पक्षले केही बताएका छैनन् ।

सचिव क्वात्रा नेतृत्वको टोली भारतीय वायुसेनाको विशेष विमानमा आउन लागेको हो । सेनाको इएमबी १३५ बीजे लिगेसी ६००/इ ३५ एल, रजिष्ट्रेसन नम्बर के ३६०१ रहेको उक्त विमानको कल साइन आईएफसी ३१ रहेको बताइन्छ । 

 
विदेश सचिवलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय राजदूत नवीन श्रीवास्तव, दूतावासमा तैनाथ लेफ्टिनेन्ट कर्नेल सुभाजित दे,मेजर हरजिन्दर सिंह र अन्य दुई जना कर्मचारी जानेछन् ।

विमान बिहान साढे १० बजे आइपुग्ने छ । नेपालको भ्रमण पूरा गरेर विदेश सचिव बुधबार बिहान पौने ९ बजे नयाँ दिल्ली प्रस्थान गर्नेछन् । उनी यसअघि काठमाडौंस्थित दूतावासमा राजदूत थिए । विदेश सचिवमा बढुवा भएपछि बल्ल नयाँ दिल्ली फर्केका हुन् ।

टिप्पणीहरू