डेढ दर्जन कोरियन भिआइपी एकछिनमा ओर्लने,पाँच जनाले रिसिभ गर्ने

डेढ दर्जन कोरियन भिआइपी एकछिनमा ओर्लने,पाँच जनाले रिसिभ गर्ने

आज साँझ दक्षिण कोरियाबाट १७ जनाको प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आउँदै छ । सरकारी निम्तोमा आउन लागेको टोली राजधानी सिउलबाट कोरियन एअरको उडान नम्बर केई ६९५ मा साँझ ६ बजे काठमाडौं उत्रने तालिका छ । 

कोरियाबाट १३ जना साँझ ६ बजे आउने र बाँकी चार जना नयाँ दिल्लीबाट आज दिउँसो ४ बजे नै भिस्तारा एअरमा काठमाडौं आइसकेको बताइएको छ । प्रतिनिधिमण्डललाई स्वागत गर्न काठमाडौंस्थित कोरियाली राजदूत पार्क चोङसुुक नै जाने तयारी छ । कोरियाली राष्ट्रपतिका विशेष दूत तथा वरिष्ठ सचिव जाङ सोङ मिनको नेतृत्वमा आउने टोलीलाई राजदूतले स्वागत गर्न लागेका हुन् ।

स्वागत टोलीमा दूतावासका काउन्सिलरलगायत अन्य दुई जना पनि छन् । सामसुङ कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक पार्क सोङ जोन पनि विमानस्थल पुग्ने स्रोतले बतायो । कोरियाली टोलीमा राष्ट्रपति कार्यालयका उपसचिव,रोजगार तथा श्रम मन्त्रालयअन्तर्गतको अन्तर्राष्ट्रिय सहयोग ब्युरोका प्रबन्ध निर्देशक,विदेश मन्त्रालयको एसिया प्रशान्त महाशाखा (ख) का निर्देशक र द्वितीय सचिव,कोरियाली सहयोग संस्था कोइकाका वरिष्ठ प्रबन्ध निर्देशक रहेको बताइएको छ ।

त्यसैगरी विश्व एक्सपो २०३०, बुसानका म्यानेजर र रोजगार तथा श्रम मन्त्रालयका उपनिर्देशक पनि टोलीमा छन् । नौ जना सामसुङ कम्पनीका प्रतिनिधिहरु रहेकामध्ये सामसुङको तर्फबाट कर्पोरेट रिलेसन्स प्रेसिडेन्ट र दुई जना भाइस प्रेसिडेन्टसमेत आउँदैछन् । 

टोली पर्सि भ्यालेन्टाइन्स डेको दिन बंगलादेशको राजधानी ढाका जाने कार्यक्रम छ । उनीहरु दिउँसो पौने १ बजे विमान बंगलादेशको उडानमा जाने छन् । १३ जना पाहुना होटल याक एण्ड यति र सामसुङको टोली मेरियटमा बस्ने कार्यतालिका छ । टोलीलाई परराष्ट्र मन्त्री र उधोगमन्त्रीसंग पनि भेटाइँदै छ ।

टिप्पणीहरू