दुई सय बढी सैनिक लेबनान जाने, त्यत्ति नै फर्कने
नेपाली सेनाका २१० जना लेबनानतर्फ उडेका छन् । संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यमा खट्ने क्रममा उनीहरु आज त्यसतर्फ गएका हुन् ।
नेपाल वायुसेवाको विशेष उडानमा गोरखबक्स गण (शान्ति सेना) ६३ औं डफ्फालाई बदली गर्न पुरानो गोरख गण (शान्ति सेना) ६४ औं डफ्फाका ती आज काठमाडौंबाट गएका हुन् । उनीहरु सेनानी अरुण थापाको नेतृत्वमा त्यसतर्फ प्रस्थान गरेको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
प्रमुख सेनानी अनिलकुमार बुढाथोकीको कमाण्डमा खटिएको उक्त गणका ६४० जना सकलदर्जा यसअगावै मिसन इलाकामा पुगिसकेका छन् । मिसनमा तैनाथ गोरखबक्स गण (शान्ति सेना) ६३ औं डफ्फाको अन्तिम टोलीका २१६ जना शान्ति सैनिकचाहिँ प्रमुख सेनानी विकास केसीको नेतृत्वमा भोलि काठमाडौं आइपुग्ने तालिका छ ।
टिप्पणीहरू