भारतीय विदेश सचिव १५ मीनेट ढिलो आइपुग्ने

भारतीय विदेश सचिव १५ मीनेट ढिलो आइपुग्ने

भारतीय विदेश सचिव विनयमोहन क्वात्रा नेपालको तीन दिने भ्रमणमा आज काठमाडौं आइपुग्दै छन् । सचिव क्वात्रा नेतृत्वको टोली वायुसेनाको विशेष विमानमा आउन लागेका छन्  ।

हिजो बिहान साढे १० बजे काठमाडौं विमानस्थलमा अवतरण गर्ने भनिएको उक्त विमान स्थानीय समयानुसार पौने ११ बजे आइपुग्ने बुझिएको छ । क्वात्रा सेनाको इएमबी १३५ बीजे लिगेसी ६००÷इ ३५ एल, रजिष्ट्रेसन नम्बर के ३६०१ रहेको कल साइन आईएफसी ३१ वाला विमानमा आउँदैछन् । 

विदेश सचिवलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजदूत नवीन श्रीवास्तव,दूतावासमा तैनाथ लेफ्टिनेन्ट कर्नेल सुभाजित दे, मेजर हरजिन्दर सिंह र अन्य दुई जना कर्मचारी पुग्ने स्रोतले बताएको छ ।

तीन दिने भ्रमण पूरा गरेर सचिव क्वात्रा पर्सि बिहान पौने ९ बजे नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ । त्यसअघि आजै राजधानीमा नेपाल–भारत विदेश सचिवस्तरीय वार्ता हुँदैछ । 

राष्ट्रपति,प्रधानमन्त्रीलगायत नेपाली काँग्रेसका सभापति र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्ने कार्यक्रम पनि तय भएको छ ।

टिप्पणीहरू