लेबनानबाट सवा दुई सय नेपाली सैनिक फिर्ता

लेबनानबाट सवा दुई सय नेपाली सैनिक फिर्ता

लेबनानमा शान्ति स्थापना कार्यमा तैनाथ सेनामध्ये दुई सय २२ जना सैनिक स्वदेश फर्केका छन् । उनीहरु गए राति नेपाल एयरलाइन्सको विशेष उडानमा बेरुतबाट काठमाण्डौं आएका हुन् ।

संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यको निम्ति मिसनमा तैनाथ गोरख बक्स गणको ६३ औं डफ्फा राति फर्केको हो । प्रमुख सेनानी विकास केसीको कमाण्डमा २१६ जना र बिदामा आएका छ जना गरी २२२ जना राति २ बजे काठमाडौं ओर्लेका हुन् ।

हिजै बिहान नेपाली सेनाका २१० जना सैनिक लेबनानतर्फ उडेका थिए । सोही  विमानको विशेष उडानमा पुरानो गोरख गण (शान्ति सेना) ६४ औं डफ्फाका २१० जना शान्ति सैनिकहरु त्यता गएका हुन् । उनीहरु सेनानी अरुण थापाको नेतृत्वमा त्यसतर्फ प्रस्थान गरेको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले हिजो जनाएको थियो ।
यसअघि प्रमुख सेनानी अनिलकुमार बुढाथोकीको कमाण्डमा खटिएको उक्त गणका ६४० जना सकलदर्जाहरु यस अगावै मिसन इलाकामा पुगिसकेका छन् ।

टिप्पणीहरू