गण्डकी प्रदेशमा बिहीबार सार्वजनिक बिदा
गण्डकी प्रदेश सरकारले फागुन ४ गते सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकार स्थापना दिवसको अवसरमा आँउदो बिहीबार सार्वजनिक बिदा दिन लागिएको हो । २०७८ चैत १८ गतेको गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्को निर्णयानुसार बिदा दिन लागिएको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।
सो दिन प्रदेशका सबै सरकारी कार्यालय,शैक्षिक संस्था र सार्वजनिक संस्थानहरु बन्द रहने मन्त्रालयको भनाइ छ । त्यस्तै,प्रदेश सरकारले चैत १५ गते पर्ने चैते दशैंको अवसरमा पनि बिदा दिने भएको छ।
टिप्पणीहरू