प्रधानमन्त्री र माधव नेपाल एउटै विमानमा फर्कंदै

प्रधानमन्त्री र माधव नेपाल एउटै विमानमा फर्कंदै

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमा नेपाल एउटै विमानमा राजधानी फर्कंदै हुनुुहुन्छ । आज बिहान धनगढी जानुभएका प्रधानमन्त्री दाहाल र हिजो बिहान त्यता जानुभएका अध्यक्ष नेपाल सेनाको विमानमा काठमाडौं प्रस्थान गर्नुभएको हाम्रा धनगढी सम्वाददाताले बताएका छन् ।

उहाँहरु सवार नेपाली सेनाको एनए ०६२ कासा विमान दिउँसो साढे ४ बजे धनगढीबाट काठमाडौंैको निम्ति उडेको हो । प्रधानमन्त्री आज बिहान ३४ जनाको टोली लिएर सुदूरपश्चिम प्रदेश जानुभएको हो ।

टोलीमा उद्योगमन्त्री दामोदर भण्डारी, स्वास्थ्यमन्त्री पदम गिरी, मुख्य सचिव  शंकरदास बैरागी, विभिन्न मन्त्रालयका सचिव, सुरक्षाकर्मी र प्रधानमन्त्रीका सहयोगीहरु छन् ।

टिप्पणीहरू