टर्कीको दुःखमा नेपालको साथ

टर्कीको दुःखमा नेपालको साथ

नेपाल सरकारले टर्कीका भूकम्प पीडितका निम्ति राहत सामग्री पठाएको छ । परराष्ट्र मन्त्रालयले भूकम्प पीडितलाई आवश्यक औषधि, मेडिकल उपकरण, न्यायो कपडालगायत अन्य अत्यावश्यक सामग्री पठाएको छ । 

टर्किस एयरलायन्समार्फत् पहिलो लटमा आज दिँउसो २२ टन राहत सामग्री पठाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । गत सोमबार टर्कीको दक्षिणी भेग  केन्द्रबिन्दु बनाएर विनाशकारी भूकम्प गएको थियो । भूकम्पका कारण त्यहाँ ३३ हजार बढीको ज्यान गएको छ । धेरै भवन र भौतिक पूर्वाधार नष्ट भएका छन् ।

नेपाल सरकारले टर्किको दुःखमा ऐक्यबद्धता जनाउन र सहयोग पुर्याउन राहत सामग्री पठाउने निर्णय गरेको हो । गत बुधबार परराष्ट्रमन्त्री विमला राई पौडेल) टर्कीका समकक्षी एचई मिस्टरबीच टेलिफोन वार्ता भएको थियो । 

परराष्ट्रले राहत सामग्री ढुवानीमा सहयोग गर्ने सम्पूर्ण सरकारी निकाय, निजी क्षेत्र, मानवीय संघ संस्था र टर्किस एयरलायन्सलाई धन्यवाद दिएको छ ।

टिप्पणीहरू