महन्थका युवा अध्यक्ष एमालेमा मिसिए

महन्थका युवा अध्यक्ष एमालेमा मिसिए

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को भातृ संगठन लोकतान्त्रिक युवा संघका केन्द्रीय अध्यक्ष रन्जितकुमार सिंह एमाले प्रवेश गरेका छन् । 

एमाले महासचिव शंकर पोखरेल र मधेस प्रदेश संसदीय दलका नेता तथा भौतिक पूर्वधार विकास मन्त्री सरोज कुमार यादवले उनलाई हिजो पार्टी प्रवेश गराएका हुन् । सिंह लामो समयदेखि मधेस केन्द्रित आन्दोलनमा सक्रिय रहँदै आएका थिए ।

टिप्पणीहरू