रास्वपामा अर्का भीम रावल

रास्वपामा अर्का भीम रावल

रास्वपामा अर्का भीम रावल एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘बा’ प्रवृत्तिविरुद्ध पार्टीमै संघर्षरत ‘भीम रावल’को आजकल राष्ट्रिय स्वतन्त्र पार्टीमा पनि चर्चा भइरहेको छ । 

रास्वपा सभापति रवि लामिछानेको ‘दाइ’ शैलीको दह्रो विरोध गरिरहेका गणेश कार्कीलाई भीम रावल भन्न थालिएको छ । पार्टी केन्द्रीय सदस्य र सांसदहरूले उनलाई जिस्क्याउँदै ‘रास्वपाको भीम रावल’जी भन्छन् ।

वैचारिक दृष्टिकोण मजाले बाँड्न सक्ने कार्की पार्टी सदस्यमाझ लोकप्रिय छन् । तर, उनलाई महामन्त्री मुकुल ढकालले देख्यो कि मुन्टो ढल्काउँछन् । रास्वपाभित्रै रही वैचारिक मन्थन गरिरहेका कार्कीलाई सांसद हुनबाट सभापति लामिछाने र महामन्त्री ढकालले रोकेका थिए ।

चुनावमा सबैभन्दा धेरै आर्थिक सहयोग गर्ने मेडिकल हस्ती चन्दा कार्कीलाई तानेर कार्कीलाई पन्छ्याइएको थियो तर उनले पार्टी छाडेनन् । पार्टीको केन्द्रीय समितिमै रहेर रवि लामिछाने र स्वार्थपनाको सबैभन्दा धेरै आलोचना उनै कार्कीले गर्छन् । त्यसो हुँदा पनि उनलाई रास्वपाको भीम रावल भनिन्छ ।
 

टिप्पणीहरू