प्रधानसेनापतिसँग भेट गरेपछि अमेरिकी मन्त्री राति स्वदेश प्रस्थान

प्रधानसेनापतिसँग भेट गरेपछि अमेरिकी मन्त्री राति स्वदेश प्रस्थान

नेपाल भ्रमणमा आएकी अमेरिकी उपसहायकमन्त्री अफ्रिन अख्तर गए राति स्वदेश फर्केकी छन् । त्यसअघि हिजो उनले जंगी अड्डा पुगेर प्रधानसेनापति प्रभुराम शर्मासँग भेट गरेकी थिइन् ।

दक्षिण तथा मध्य एसिया मामिला उपसहायकमन्त्री अख्तर गए राति २ बजे काठमाडौंबाट प्रस्थान गरेकी हुन् । उनी कतार एअरवेजको उडान नम्बर क्युआर ६४५ बाट दोहाहुँदै स्वदेश फर्केको बताइएको छ ।

टिप्पणीहरू