केन्यामा चिनियाँ पर्यटकहरुको भव्य स्वागत

अफ्रिकी मुलुक केन्यामा चिनियाँ पर्यटकहरुको पहिलो समूहको भव्य स्वागत गरिएको छ । तीन वर्षअघि विश्वभर फैलिएको कोरोना महामारीपछि पहिलो पटक पुगेको चिनियाँ पर्यटक टोलीलाई राजधानी नैरोबीको विमानस्थलमा नै सांस्कृतिक कार्यक्रमसहित स्वागत गरिएको बताइएको छ ।

चिनियाँ टेलिभिजन संस्था चाइना ग्लोबल टेलिभिजन नेटवर्कका अनुसार विमानस्थलमा चिनियाँ पर्यटकको स्वागतको निम्ति त्यहाँको पर्यटन मन्त्रालयका वरिष्ठ अधिकारीहरु नै उपस्थित भएका हुन् ।

चिनियाँहरु बिदा मनाउन दक्षिणपूर्वी एसिया, पूर्वी एसिया, युरोपसँगै पछिल्ला दिनमा अफ्रिकी महाद्विपमा पनि पुग्न थालेका छन् ।

टिप्पणीहरू