भौतिक मन्त्रालय अन्तर्गतका २० सहसचिव यताउता

भौतिक मन्त्रालय अन्तर्गतका २० सहसचिव यताउता

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतका २० सहसचिवको सरुवा भएको छ । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले हिजो मन्त्रिस्तरीय निर्णय गर्नुहुँदै सडक विभाग, एडिबी आयोजना निर्देशनालय, सडक विभाग सम्भार महाशाखा, गुणस्तर अनुसन्धान तथा विकास केन्द्रलगायतका निकायका सहसचिवको पदस्थापन र काज सरुवा गर्नुभएको हो । 

योसंगै सडक विभागका महानिर्देशक अर्जुनजंग थापा मन्त्रालय तानिएका छन् । त्यस्तै, एडिबी आयोजना निर्देशनालयका आयोजना निर्देशक सुशिलबाबु ढकालले सडक विभागको महानिर्देशकको भूमिका निर्वाह गर्नेछन् ।

मन्त्रालयका सु.ई अजयकुमार मुललाई गुणस्तर अनुसन्धान तथा विकास केन्द्रको निर्देशक बनाइएको छ । मन्त्रालयकै सु.ई विनोदकुमार मौवारलाई जलमार्ग आयोजनाको आयोजना समन्वयकर्ताको जिम्मेवारी दिइएको छ । 

अर्जुनप्रसाद अर्याललाई संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयको सु.ईमा सरुवा गरिएको छ । सडक सुधार तथा विकास आयोजना निर्देशनालयको आयोजक निर्देशकमा मन्त्रालयका ज्ञानेन्द्रकुमार झा आएका छन् । 

बेलबहादुर भुजेललाई मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयमा काज सरुवा गरिएको छ । सडक विभाग, योजना तथा अनुगमन महाशाखाको उपमहानिर्देशकमा रामहरि पोखरेल, एडिबी आयोजना निर्देशनालयको आयोजना निर्देशकमा उमेशबिन्दु श्रेष्ठ आएका छन् ।

टिप्पणीहरू