छोरालाई अतिथि, ठगी प्रकरणमै ज्यादति
छोरालाई अतिथि बनाएर ठगीमा मुछिएको र अनुसन्धान चलिरहेको कम्पनीलाई लाखौंको ठेक्का दिएपछि चलचित्र विकानुन बोर्डका अध्यक्ष भुवन केसी विवादमा मुछिएका छन् । विकानुन बोर्डमा जानुअघि नै एक नायिकामाथि यौन दुव्र्यवहारको आरोप झेलिरहेका उनलाई सुरक्षा निकायको अनुुसन्धान चलिरहेको व्यक्तिको पक्षपोषण गर्ने गरी चलचित्र विकानुन बोर्डबाट लाखौं रकम निकानुना गर्नुपर्ने त्यस्तो बाध्यता र विवशता के आइलाग्यो होला ? भुवनको यो गलत कदमको चलचित्रकर्मीले खुलेरै विरोध गर्न थालेका छन् ।
सूर्य कर्पाेरेशनमाथि मानव तस्करी र तीसौं लाखको कामको जिम्मेवारी दिइएको आरोप छ । इभेन्ट र म्यानेज्मेन्टको नाममा सूर्य कर्पोरेशनले गैरकलाकारहरूसँग पैसा लिएर आयोजक टिमको सदस्य बनाई विदेशमा छाड्ने गरेको आरोप छ । पुतलीसडकमा कार्यालय रहेको सो कम्पनीमा केहीअगाडि वैदेशिक रोजगार विभागले छापा मार्दा ९५ थान राहदानी फेला परेको थियो । सोही संस्थालाई दुबईमा कार्यक्रम गर्न भन्दै चलचित्र विकानुन बोर्डले ३० लाख रकम दिएको स्रोतले जनआस्थालाई जानकारी दिएको छ ।
माघ २९ गतेदेखि फागुन ३ गतेसम्म दुबईको स्टार सिनेमा (अल घुरैर सेन्टर)मा आयोजना हुन लागेको नेपाल्स सिनेमा फेष्ट २०२३ आयोजना गर्न लागिएको छ । सोही कार्यक्रम गर्ने जिम्मेवारी सूर्य कर्पोरेशनले पाएको छ । सो कार्यक्रममा भाग लिन फेब्रुअरी ११ तारिखको राति दुबईतिर उड्ने तयारी गरिरहेका पदाधिकारीमा अध्यक्ष भुवन केसी, सदस्य तथा उपसचिव गगनबहादुर बिके, निर्देशक प्रकाश भट्टराई, अर्जुनकुमार डंगोल, राज कटवाल र टंकबहादुर महत छन् । सञ्चारका उपसचिव श्रीधर ज्ञवालीले भने कार्यक्रम बहिष्कार गरेका छन् । यस्तै अफिसर तहका कर्मचारी प्रभाकर भट्टराई, गिरी शर्मा, हरिसिंह रैथला र निर्मला चौलागार्इंले पनि पाएको अवसर नछोड्ने भएका छन् ।
यस्तो कम्पनी जोडिएको कार्यक्रममा सिनेकर्मी नीर शाह, शिव श्रेष्ठ, विजय लामा, ऋचा शर्मा, प्रशान्त ताम्राकार, अनमोल केसी, उपासना सिंह ठकुरी, सन्दीप क्षेत्री जाँदै छन् । कार्यक्रम सञ्चालनको जिम्मेवारी नरेश भट्टराईलाई रमाइलो चाहिँ भुवन केसी आयोजक रहेको कार्यक्रमको अतिथिमा पुत्र अनमोल केसी छन् । बुवा आफैं आयोजक भएको कार्यक्रममा छोरा (अनमोल) लाई किन अतिथि बनाएर लानुपरेको ? भन्ने जनआस्थाको जिज्ञासामा बोर्डका एक अधिकृतले ‘अनमोल अतिथिको हिसाबले नभई कलाकारको हिसाबले जान लागेको र स्टारडमको हिसाबले अनमोलको हैसियतमा अन्य कलाकर्मी नभएको’ प्रतिक्रिया दिएका छन् ।
टिप्पणीहरू