लागूऔषध र सवारी ज्यान कसूरका फरार प्रतिवादीहरु समातिए
चितवनमा प्रहरीले फरार प्रतिवादीहरु दुई जनालाई नियन्त्रणमा लिएको छ ।
चितवन जिल्ला अदालतको २०७७ चैत १२ गतेको फैसलाले लागूऔषध कसूरमा ६ वर्ष १० महिना ६ दिन कैद ७० हजार जरिवाना भुक्तान गर्न बाँकी फरार प्रतिवादीलाई हिजो समातेको हो । भरतपुर महानगरपालिका २४ बस्ने पदमबहादुर तामाङलाई हिजो नियन्त्रणमा लिएर उक्त कैद भुक्तानको निम्ति आज अदालतमा उपस्थित गराएको बताइएको छ ।
त्यसैगरी चितवन जिल्ला अदालतको २०७७ माघ १५ गतेको फैसलाले सवारी ज्यान कसूरमा २ वर्ष ११ महिना ३ दिन कैद भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादीलाई पनि हिजै प्रहरीले नियन्त्रणमा लिएको छ । भरतपुर महानगरपालिका २८ बस्ने हरिप्रसाद काफ्लेलाई कैद भुक्तानको निम्ति आज जिल्ला अदालतमा उपस्थित गराइएको हो ।
टिप्पणीहरू