खानेपानी मन्त्रीले उपभोक्ताको गुनासो कल सेन्टरबाट लिने

खानेपानी मन्त्रीले उपभोक्ताको गुनासो कल सेन्टरबाट लिने

खानेपानी मन्त्रालयले उपभोक्ताको गुनासो सुनुवाइ गर्न टोल फ्री नम्बर सार्वजनिक गरेको छ । आज मन्त्रालयमा आयोजित एक कार्यक्रममा खानेपानी मन्त्री अब्दुल खानले टोल फ्री नम्बर ११७१ सार्वजनिक गरेका हुन् । 

अब खानेपानीसम्बन्धी कुनै गुनासो भए उपभोक्ताले उक्त नम्बरमा फोन गरेर सोझै मन्त्रालयका कर्मचारीसँग कुरा गर्न सक्नेछन् । तीन दिन अगाडि नै परीक्षण भइसकेको उक्त टोल फ्रि नम्बरमा आज मन्त्री खानले जनकपुरबाट आएको कल उठाएर गुनासो सुनुवाई गरेका थिए । 

त्यसक्रममा उनले सातामा एक दिन आफू नै कल सेन्टरमा बसेर गुनासो सुन्नेसमेत बताए । त्यस्तै, मन्त्री खानले जनताको जनजीवनसँग जोडिएको मन्त्रालयको काम र कारवाहीलाई इमान्दारिताका साथ पूरा गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । नेपाल जलस्रोतको दोस्रो ठूलो देश भए पनि २५ प्रतिशत मानिसले मात्र शुद्ध खानेपानी प्रयोग गर्ने गरेको उनको भनाइ छ ।

दैनिक चार जना कर्मचारी उपभोक्ताको गुनासोको सुनुवाइका लागि ‘गुनासो सुनुवाई इकाई’ मा ‘स्ट्याण्डबाई’ रहने मन्त्रालयले जनाएको छ ।

टिप्पणीहरू