शिवरात्रिका लागि गोवर्द्धन मठका जगतगुरु जहाज चढेर काठमाडौंमा
महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा प्रवचन दिन भारतको उडिसा राज्यको जगन्नाथपुरीस्थित गोवर्द्धन मठका जगतगुरु शंकराचार्य निश्चलानन्द सरस्वती स्वामी काठमाडौँ आएका छन् ।
नेपाल वायुसेवा निगमको आरए २१८ नम्बरको उडानबाट शंकराचार्यसहितको टोली आज साँझ ७ बजे काठमाडौँ आइपुगेको हो । तीन दिने नेपाल भ्रमणका लागि आएको टोलीमा शंकराचार्यका शिष्य र सहयोगीहरु सहभागी छन् ।
शिवरात्रिमा हरेक वर्ष भारतलगायत विभिन्न मुलुकबाट भक्तजनहरुको पशुपतिमा भिड लाग्ने गर्छ । विशेषगरी भारतबाट साधु सन्त एवं नाङ्गा बाबाहरु पशुपति आउने गर्छन् । यस पटक पनि भारतीय जोगीहरुको पशुपति क्षेत्रमा चहल–पहल शुरु भइसकेको छ ।
शिवरात्रीलाई भव्य बनाउन पशुपति क्षेत्र विकास कोषले पशुपात क्षेत्रमा रंगरोगनसहित साजसज्जा गरिरहेको छ ।
टिप्पणीहरू