एमाले अखिलको अध्यक्षमा समिक बडाल निर्वाचित
नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन् । अखिलको २३ औं राष्ट्रिय महाधिवेशनबाट बडाल निर्वाचित भएका हुन् ।
महाधिवेशनमा पदाधिकारी र केन्द्रीय कमिटीमा सहमति हुन नसकेपछि हिजो मतदान भएको हो । अन्तिम मतपरिणाम अनुसार बडाल अध्यक्षमा विजयी भएका हुन् । उनी यसअघि महासचिव थिए ।अध्यक्षमा उठेका आरसी लामिछाने पराजित भएका छन् । उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मर्यादा विष्ट निर्वाचित भएका छन् । महासचिवमा नरेश रोकाया निर्वाचित भएको बताइएको छ ।
त्यसैगरी सचिवमा सञ्जिव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दिपेश प्रसाई, अञ्जना शिवाकोटी, आरती भट्टराई र वितिता काफ्ले निर्वाचित भएको जानकारी दिइएको छ । कोषाध्यक्षमा संगम अर्याल निर्वाचित भएका छन् ।
टिप्पणीहरू