जापानमा भारतीय सेनाको संयुक्त अभ्यास शुरु

जापानमा भारतीय सेनाको संयुक्त अभ्यास शुरु

जापानमा भारतीय सेनासँगै त्यहाँको सेनाले संयुक्त अभ्यास थालेको छ । शिगा प्रिफेक्चरको क्याम्प इमाजुमा आजबाट शुरु अभ्यास आगामी बिहीबारसम्म हुने बताइएको छ ।

भारत–जापान संयुक्त सैन्य अभ्यासलाई ‘धर्म गार्डियन’ नाम दिइएको छ । सोही गार्डियनको चौथो संस्करण थालिएको हो । भारतीय रक्षा मन्त्रालका अनुसार विश्वव्यापी परिदृश्यमा दुवै देशको सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै भारतले विभिन्न देशसँग गरेको संयुक्त सैन्य तालिम अभ्यासझैँ यो वार्षिक कार्यक्रम पनि महत्वपूर्ण छ । 

अभ्यासमा दुबै देशका सैनिकले जंगल र अर्धशहरी तथा शहरी भूभागमा प्लाटुन स्तरको संयुक्त तालिम सञ्चालन गर्नेछन् । उक्त अभ्यासमा भारतीय सेनाको गढवाल राइफल्स रेजिमेन्ट र जापान ग्राउन्ड सेल्फ डिफेन्स फोर्स (जेजीएसडीएफ) को केन्द्रीय सेनाको इन्फन्ट्री रेजिमेन्टका सैनिकहरूले भाग लिइरहेका छन् ।
 

टिप्पणीहरू