भारतमा क्षयरोगका औषधि ढुवानीमा ड्रोनको प्रयोग

भारतमा क्षयरोगका औषधि ढुवानीमा ड्रोनको प्रयोग

भारतले क्षयरोगका औषधि ढुवानीमा नयाँ प्रविधिको प्रयोग गरेको छ । अल इण्डिया मेडिकल इन्ष्टिच्युटले क्षयरोगको औषधि ढुवानीमा ड्रोनको प्रयोग गरेको बताइएको छ । भारतले पहिलो पटक उत्तराखण्ड राज्यको पहाडी क्षेत्र ऋिषिकेशमा ड्रोनको प्रयोग गरेर औषधि ढुवानी गर्न थालेको हो । यसको सफल प्रयोग भएको जानकारी दिइएको छ । 

यता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त प्रयोगलाई बिरामीको जीवन जोगाउने कार्यमा प्रविधिको ठूलो योगदान भनेका छन् । बिहीबारको सफल परीक्षणमा एउटा ड्रोनले दुई किलोग्राम तौल बराबरको क्षयरोगका औषधि ऋषिकेशबाट तेहरी गढवालको जिल्ला अस्पतालमा पुर्याइएको हो । ४० किलोमिटरको दूरीमा रहेको अस्पतालमा उक्त औषधि पुर्याउन जम्मा ३० मीनेट लागेको थियो ।

भारत सरकारले मुलुकमा परम्परागत स्वास्थ्य सेवालाई रूपान्तरण गर्न र प्रविधिमैत्री बताउन महत्वपूर्ण जोड दिँदै आएको छ । औषधि ढुवानीमा ड्रोनको प्रयोगले विकट क्षेत्र र प्राकृतिक प्रकोपमा महत्वपूर्ण सहयोग पुर्याउने विश्वास लिइएको छ ।
 

टिप्पणीहरू