नर्सिङका १८३ कर्मचारीको एकैपटक बढुवा

नर्सिङका १८३ कर्मचारीको एकैपटक बढुवा

नर्सिङतर्फका १८३ कर्मचारीको एकैपटक स्तरवृद्धि गरिएको छ । स्वास्थ्य सेवा विभागले आज विज्ञप्ति जारी गर्दै २०७९ साल पुस महिनामा दर्ता भई योग्यता पुगेका नर्सिङतर्फका कर्मचारीको स्तरवृद्धि गरेको जानकारी गराएको हो ।  

विभागले योग्यता पुगेका चौंथो तहदेखि छैटौं तहसम्मका कर्मचारीको अधिकृत सातौंदेखि सहायक पाँचौंसम्म स्तरवृद्धि गरेको जनाएको छ ।
 

टिप्पणीहरू