त्रिभुवनको जयजकार गर्दै राजावादीहरु सडकमा
राजसंस्था पुनर्स्थापना गराउने अभियानमा रहेको संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले आज माइतीघर मण्डलामा प्रजातन्त्र दिवसको कार्यक्रम गरेको छ ।
‘राष्ट्र र राष्ट्रियताका लागि संवैधानिक राजसंस्था र प्रजातन्त्रको प्रवर्द्धन’ भन्दै मोर्चाका अध्यक्ष तारानाथ लुईँटेलको नेतृत्वमा कार्यक्रम आयोजना गरिएको हो । उक्त कार्यक्रममा झण्डै तीन दर्जनको सहभागिता रहेको छ ।
त्यसक्रममा उनीहरुले ‘स्वर्गीय श्री ५ त्रिभुवन अमर रहुन’, ‘कहाँ छ वास्तविक प्रजातन्त्र, हामी प्रजातन्त्रको खोजीमा छौं’, ‘राष्ट्रिय प्रजातन्त्र दिवस जिन्दावाद’, ‘नेताको लागि आएको प्रजातन्त्र, जनताहरुको लागि खोई’, ‘संवैधानिक राजसंस्था जिन्दावाद’ लेखिएका प्लेकार्ड देखाएका थिए ।
टिप्पणीहरू