हेलिकोप्टर र सैनिक विमानमा सवार सेनाका ५ दर्जन पाहुना काठमाडौं फर्किए

हेलिकोप्टर र सैनिक विमानमा सवार सेनाका ५ दर्जन पाहुना काठमाडौं फर्किए

आज बिहान नेपाली सेनाका दुई वटा हेलिकोप्टर र एउटा जहाजमा मुक्तिनाथ दर्शन र माउण्टेन फ्लाइटमा गएका सैन्य पाहुनाहरु काठमाडौं आइपुगेका छन् । बिहान सेनाको एनए ०६२ कासा जहाजमा गएका ११ देशका ३० जना सैन्य अधिकारीहरु पोखरा हुँदै काठमाडौं आएका हुन् । 

काठमाडौंबाट पहिले हिमाल दृश्यावलोकनमा गएका उनीहरुको विमान पोखरा लगिएको थियो । जहाजमा चीन, भारत, अमेरिका, बेलायत, रुस, जर्मनीलगायतका मुलुकका ३० जना पाहुना सवार थिए । पोखरामा दिउँसोको खानापछि उनीहरु साढे २ बजे काठमाडौं आइपुगेका हुन् ।

आजै बिहान दुई वटा हेलिकोप्टरमा मुक्तिनाथ गएका भारतीय चार जना पूर्व सेनाध्यक्षहरु चढेको हेलिकोप्टर पनि पोखरा हुँदै काठमाडौं आएको बताइएको छ । सेनाको एनए ०५८ अगुस्ता होलिकोप्टरमा केही भारतीय पाहुनाहरु थिए । सेनाको एनए ५३ एमआई हेलिकोप्टरमा पनि भारतीय पाहुनाहरु नै रहेको बताइन्छ । उक्त हेलिकोप्टरमा १७ जना पाहुना नेपाली सैन्य अधिकारी गरेर १७ जना रहेको बुझिएको छ ।

उनीहरु सबैलाई पोखरामा दिवा भोजनपछि काठमाडौं ल्याइएको हो । सेनाले हिजो मनाएको २६० औं स्थापना दिवसको अवसरमार सहभागी अतिथिहरुलाई आज हिमालको दृश्यावलोकन र मुक्तिनाथ दर्शनको व्यवस्था गराइएको हो ।

टिप्पणीहरू