केपी ओलीका ‘नाति’ द्वारा एमाले छाडेको घोषणा

केपी ओलीका ‘नाति’ द्वारा एमाले छाडेको घोषणा

मेडिकल माफियाका रुपमा परिचित दुर्गा प्रसाईं उर्फ ‘मार्सी’ ले नेकपा एमाले परित्याग गरेका छन् । राजा फर्काउने अभियानमा लागेसँगै एमालेले कारवाही प्रक्रिया थालेपछि उनले त्यसअगावै आज पार्टी छाडेको घोषणा गरेका हुन् । 

एमाले अध्यक्ष केपी शर्मा ओलीका अत्यन्तै विश्वासपात्र प्रसाईंले केही दिनअघि पूर्वराजा र राजपरिवारका सदस्यहरुलाई झापा लगेर राजतन्त्र फर्काउने महाअभियानको घोषणा गरेका थिए । त्यसपछि उनलाई कारबाही गर्न एमालेको प्रदेश कमिटीले सिफारिस गरेको थियो । तर, पार्टीले कारबाहीको निर्णय नगर्दै आफैँ बाहिरिएका हुन् । 

अध्यक्ष ओलीलाई खुसी तुल्याएवापत एमाले प्रवेश गरेलगत्तै केन्द्रीय सदस्यमा फड्को मारेका प्रसाईं गत निर्वाचनमा टिकटको दावेदार थिए । झापाबाट टिकट मागेका उनलाई ‘हजुरबा’ ले वास्ता नगरेपछि ज्ञानेन्द्रको ‘शरण’मा पुगेको एमालेका नेता–कार्यकर्ताको दावी छ । 

एमालेका अधिकांश कार्यकर्ताले अध्यक्ष ओलीलाई ‘बा’ सम्बोधन गर्दा मार्सीले भने ‘हजुरबा’ भन्ने गरेका छन् ।

टिप्पणीहरू