रात परेपछि प्रधानमन्त्री र काँग्रेस नेताहरुबीच भेट

रात परेपछि प्रधानमन्त्री र काँग्रेस नेताहरुबीच भेट

आज पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालगायत नेताहरुबीच भेटवार्ता भएको छ । उहाँहरुबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज राति कुराकानी भएको बताइएको छ ।

आज भएको भेटवार्तामा प्रधानमन्त्री दाहालसँग सभापति देउवाका साथै काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापाले संयुक्त कुराकानी गरेको बालुवाटार स्रोतको दाबी छ । 

भेटपछि काँग्रेस नेताहरुको टोली राति साढे ९ बजे बालुवाटारबाट बाहिरिएको हो ।

टिप्पणीहरू