पूर्वस्वास्थ्यमन्त्री डा. श्रेष्ठको निधन
पूर्वस्वास्थ्यमन्त्री प्राध्यापक डा. मथुराप्रसाद श्रेष्ठको निधन भएको छ । ८८ वर्षका डा. श्रेष्ठको आज बिहान निधन भएको हो ।
उहाँ लामो समयदेखि दम र छाती रोगबाट पीडित हुनुहुन्थ्यो । सोही रोगमा देखिएको संक्रमणको उपचारको क्रममा आज बिहान माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको हो ।
२०४७ सालको अन्तरिम सरकारमा स्वास्थ्यमन्त्री रहनुभएका उहाँ मानवअधिकार क्षेत्रको अगुवाको रुपमा क्रियाशील हुनुहुन्थ्यो । वामपन्थी बुद्धिजीवी श्रेष्ठले शुरुदेखिनै चिकित्सकले समुदायमा गएर उपचार गर्नुपर्ने मान्यता राख्दै आउनुभएको थियो ।
स्वर्गीय श्रेष्ठका छ छोरा र एक छोरी छन् । उहाँको अन्तिम दाहसंस्कार भोलि बिहान ९ बजे पशुपति आर्यघाटमा गरिने पारिवारिक स्रोतले बताएको छ ।
टिप्पणीहरू